|
अ. मासिक रुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण:
Ø Advance Computer तालिम (१०० जना) को तालीम संचालन गर्न आशयपत्र माग गरी खोलिएको र मूल्याङ्कन प्रकृयामा रहेको।
Ø NAST ले आयोजना गर्न लागेको कम्प्यूटर तालीमको लागी आवश्यक Proposal तयार पारी पेश गरेको।
Ø GIDTC भवन निर्माणको लागी कोरिया सरकारको तर्फबाट राजदुत र अर्थ मन्त्रालयको सह सचिव बीच MOU मा हस्ताक्षर कार्य सम्पन्न भएको।
Ø सवारी साधन खरिद गरिएको, Hardware Firewall खरीद वोलपत्र मूल्याङ्कन भई सम्झौता प्रकृयामा रहेको।
Ø E- Government Implementation को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले १ गुप्र आधारभुत र १ गुप्र एडभान्स तालिम सम्पन्न भै तेश्रो गुप्र सञ्चालन प्रकृयामा रहेको।
Ø बिद्युतिय हाजिरी सिस्टमलाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको र बिद्युतिय गेटपास सिस्टममा ल्याउनको लागी आवश्यक प्रकृया अगाडी वढाउने तयारी भईरहेको।
Ø Website लाई परिमार्जन कार्य गरेको।
Ø Disaster Recovery Site को Server Setup गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।
Ø चालु आ.व. मा केन्द्रको कार्यक्रममा टेलिसेन्टर स्थापना गर्ने बजेट ब्यबस्था नभएकोले ३० बटा टेलिसेन्टर स्थापनाको लागी थप बजेट माग गर्न मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा प्रस्ताब पठाएको।
Ø आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।
Ø GIDTC भवन निर्माण स्थल जग्गाको माटो परिक्षण गर्न कार्य त्रिभुवन बिश्बबिद्यालय, ईन्जिनियरिङ्ग अध्ययन संस्थान कन्सल्टेन्सी सेवालाई दिईएकोमा सो कार्य सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको।
Ø जोमसोममा केही समय देखि अबरुद्ध रहेको ग्रामीण सूचना केन्द्र संचालनको लागि सेवा प्रदायक संस्थालाई आवश्यक सेवा शुचारु गर्न कार्य आदेश दिई सकिएको।
Ø राष्ट्रिय सूचना प्रविधि बिकास समिति नियमावली मस्यौदा तयार गर्न गठीत समितिले मस्यौदा तयार गरी केन्द्रमा पेश गरीएको।
Ø ICT तीन बर्ष योजनाको लागि केन्द्रबाट सहयोग पुर्याईएको।
Ø ICT Nepal द्वारा जनचेतना अभिवृद्धि गर्नको लागी नेपाल टेलिभिजनबाट सूचना प्रविधिको बारेमा प्रचारप्रसार गरिएको।
Ø राष्ट्रिय सूचना केन्द्रबाट भएगरेका गतिविधिहरु र आउदो समयमा संचालन गरीने कार्यक्रमहरुलाई श्रब्यदृष्यको माध्यमबाट प्रचारप्रसार गर्ने कार्यका लागि वृत्तचित्र वनाउने कार्य अगाडी बढाईएको।
Ø यस केन्द्रका कार्यकारी निर्देशकज्यू कोरियाको United National APCICT द्वारा आयोजना गरिएको e- Government सम्बन्धी कार्यक्रममा भागलिनु भएको।
|