|
अ. मासिक रुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण:
Ø बिभिन्न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।
Ø आगामी महिना GIDTC को भबन निर्माणको सिलसिलामा कोरियाबाट आउने KOICA को Site Survey ब्यबस्थापन कार्य गरीएको।
Ø Advance Computer तालिम (१०० जना) को तालीम संचालन गर्न आशयपत्र माग गरी खोलिएको र मूल्याङ्कन प्रकृया सम्पन्न भएको।
Ø Hardware Firewall को वोलपत्र प्रकृया खरिदको कार्य सम्पन्न भएको।
Ø E- Government Implementation को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले २ गुप्र आधारभुत र १ गुप्र एडभान्स तालिम सम्पन्न भै अर्को गुप्र सञ्चालन प्रकृयामा रहेको।
Ø बिद्युतिय हाजिरी सिस्टमलाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको र बिद्युतिय गेटपास सिस्टममा ल्याउनको लागी आवश्यक प्रकृया अगाडी वढाउने तयारी भईरहेको।
Ø Website लाई परिमार्जन कार्य गरेको।
Ø Disaster Recovery Site को Server Setup गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।
Ø V-Sat स्थापना र Server खरिदको लागी बोलपत्र सूचना प्रकाशन गरीएको।
Ø ३० बटा टेलिसेन्टर स्थापनाको लागी थप बजेट माग गर्न मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा प्रस्ताब पठाएको।
Ø आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।
Ø जोमसोममा केही समय देखि अबरुद्ध रहेको ग्रामीण सूचना केन्द्र संचालनको लागि सेवा प्रदायक संस्थालाई आवश्यक सेवा शुचारु गर्न कार्य आदेश दिईएकोमा सो संस्थाले कार्य संचालन गरीरहेको।
Ø राष्ट्रिय सूचना केन्द्रबाट भएगरेका गतिविधिहरु र आउदो समयमा संचालन गरीने कार्यक्रमहरुलाई श्रब्यदृष्यको माध्यमबाट प्रचारप्रसार गर्ने कार्यका लागि वृत्तचित्र वनाउने कार्य अगाडी बढाईएको।
Ø यस केन्द्रका कार्यकारी निर्देशकज्यू थाईल्याण्डको राजधानी बैंककमा United Nations ESCAP द्वारा आयोजना गरिएको Capacity Building Workshop on Information Society Statistics Infrastructure and Household Indicators सम्बन्धी बिषयमा Country Paper प्रस्तुत गर्नुभयो।
|