|
अ. मासिक रुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण:
Ø बिभिन्न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।
Ø GIDTC को भबन निर्माणको सिलसिलामा कोरियाबाट आएका KOICA प्रतिनिधिहरुको Site Survey ब्यबस्थापन कार्य गरीएको।
Ø अर्थ मन्त्रालयको सह सचिब श्री कृष्ण ज्ञवाली र ADB का Mr. Dang Saa Pya. बिचमा ICT Development Project सम्बन्धि Grand Negotiation मा हस्ताक्षर सम्पन्न भयो। उक्त कार्यक्रममा रा.सू.प्र. केन्द्रका कार्यकारी निर्देशकज्यू उपस्थिति हुनु भएको।
Ø Advance Computer तालिम (१०० जना) को तालीम संचालन गर्न आशयपत्र मूल्याङ्कन प्रकृया सम्पन्न भै सम्बन्धित ३ पक्षलाई प्राविधिक तथा अर्थिक प्रस्ताब पेश गर्न आवश्यक कागजात उपलब्ध गराईएको।
Ø आधारभूत कम्प्यूटर तालिम (निजामति कर्मचारी ४०/४० जना) झापा, सर्लाही, बुटवल, सुर्खेत तथा धनगढीको लागी प्राविधिक र आर्थिक प्रस्ताब माग गर्न गोरखापत्रमा सूचना प्रकाशन भएको।
Ø Hardware Firewall जडान भै तालीम समेत सम्पन्न भएको।
Ø ग्रामीण सूचना केन्द्र स्थापना र आधारभूत कम्प्यूटर तालिम संचालनको लागि थप बजेट मागको लागि मन्त्रालयमा प्रस्ताब पेश भएको।
Ø E- Government Implementation को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ३ गुप्र आधारभुत र १ गुप्र एडभान्स तालिम सम्पन्न भै चौथो आधारभुत तालीम सञ्चालन प्रकृयामा रहेको।
Ø बिद्युतिय हाजिरी सिस्टमलाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको र बिद्युतिय गेटपास सिस्टममा ल्याउनको लागी आवश्यक प्रकृया अगाडी वढाउने तयारी भईरहेको।
Ø Website लाई परिमार्जन कार्य गरेको।
Ø Disaster Recovery Site को Server Setup गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।
Ø ग्रामीण सूचना केन्द्र (३० गोटा) को सामाग्री खरिद, V-Sat स्थापना र Server खरिदको लागी बोलपत्र सूचना प्रकाशित भै बोलपत्र मुल्याङ्कन तथा छनौट प्रकृयामा रहेको।
Ø आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।
Ø जोमसोममा केही समय देखि अबरुद्ध रहेको ग्रामीण सूचना केन्द्र संचालनको लागि सेवा प्रदायक संस्थालाई आवश्यक सेवा शुचारु गर्न कार्य आदेश दिईएकोमा हाल अबरुद्ध ग्रामीण सूचना केन्द्र संचालनमा आएको।
Ø राष्ट्रिय सूचना केन्द्रबाट भएगरेका गतिविधिहरु र आउदो समयमा संचालन गरीने कार्यक्रमहरुलाई श्रब्यदृष्यको माध्यमबाट प्रचारप्रसार गर्ने कार्यका लागि वृत्तचित्र वनाउने कार्य अगाडी बढाईएको।
Ø यस केन्द्रका कार्यकारी निर्देशकज्यू United Nations University International Institute for Software Technology को निमन्त्रणामा मकाओमा आयोजना हुने International Conference on Theory and Practice of Electronic Governance बिषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागी हुन भएको।
|