सुची दर्ता गर्ने बारेको सूचना

नेपाल सरकार

बिज्ञान तथा प्रविधि मन्त्रालय

राष्ट्रिय सूचना प्रविधि केन्द्र

सिंहदरवार, काठमाडौ

 

 

 

प्रकाशित मिति:- २०६8/04/02 गते

 

यस केन्द्रमा आ.ब. २०६८/०६९ भरिको लागि आवश्यक पर्ने वा पर्न सक्ने निम्न मालसामान आपुर्ति गर्न वा निम्नानुसारको सेवा तथा कार्यको लागी सम्बन्धीत फर्म/संस्थाको सूचि दर्ता गर्न परेकोले ईच्छुक फर्म/संस्थाहरुले कुन कार्यको निम्ति सूची दर्ता गर्न चाहने हो सो स्पष्ट उल्लेख गरि फर्म दर्ता, आयकर तथा मू.अ.क/ दर्ता एवं अद्यावधिक नविकरण तथा अनुभब र पेशा वा व्यवसायीक योग्यता सम्बन्धी कागजातहरुको प्रमाणित फोटोकपि साथ राखि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन दर्ता गर्नु हुन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनार्थ सम्बन्धीत सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

  • मसलन्द, छपाई तथा कार्यालय सम्बन्धी सामानहरु,

  • फर्निचर, फर्निसिङ्ग तथा फिक्स्चरका सामान आपूर्ति

  • कम्प्यूटर, प्रिन्टर, टोनर, फ्याक्स, फोटोकपी, मल्टिमेडिया प्रोजेक्टर, ए.सि लगायतका ईलेक्ट्रोनिक सामान तथा मेशिनरी औजार सर्भिसिङ्ग र यसका बिभिन्न एसेसरीज आपूर्ति, मर्मत कार्य,

  • भबन मर्मत तथा पूँजिगत, निर्माण सुधार सम्बन्धी निर्माण तथा मर्मत कार्य।

  • तालिम गोष्ठी, अध्ययन, अनुसन्धान सम्बन्धी परामर्श सेवा।

  • मोटर, मोटरसाईकलको नियमित सर्भिसिङ्ग र र्ममत एवं पार्टपुर्जा आपूर्ति।

  • पिउने पानी (मिनिरल वाटर) आपूर्ति कार्य।

  • डाटावेश लगायतका बिभिन्न सफ्टवेयर निर्माण तथा संचालन सम्बन्धी परामर्श सेवा।

  • डाटा सेन्टरको लागि आवश्यक मेशिनरी औजार, ईलेक्ट्रिकल सामाग्रीहरु, बिजुलि, टूल, फ्यूल (डिजेल, मोबिल, पेट्रोल आदी) खरिद तथा मर्मत कार्य।

  • Optical Fiber तथा सो सम्वन्धि उपकरणहरु खरिद तथा मर्मत कार्य।

  • Internet तथा सो सम्वन्धि उपकरणहरु खरिद तथा मर्मत कार्य।

  • नेटवर्क उपकरण, सफ्टवेयर तथा सम्बन्धित अन्य सामाग्रीहरु

Attachments:
FileDescriptionAttachment DownloadFile size
Download this file (suchi darta NITC 068.04.02.pdf)???? ????? ????? ?????? ?????  70 Kb